adv

आईपीएल : राजस्थान रोयल्स कोलकातासंग ३७ रनले पराजित

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकाता विजयी भएको हो।

 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो। राजस्थानको यो पहिलो हार हो।

राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीले जित्न सकेन। खेलमा जोस बटलरले २१ रन र राहुल टेवाटियाले १४ रन बनाए। अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल भएका थिए।

कोलकाताका कमलेस नगरकोटी, वरुण चक्रवर्ती र शिवम माभीले २/२ विकेट लिए। खेलमा कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

कोलकाताका लागि शुबमन गिलले ४७ रन र आन्द्रे रसेलले २४ रन जोडे। नितेश रानाले २२, सुनिल नारिनले १५ रन बनाए भने इयान मोर्गनले अविजित रहदै ३४ रन बनाएका थिए तर पाट कुमिन्सले १२ रन बनाएर आउट भए।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट, जयदेव उनाकड, अंकित राजपुत, टम करन र राहुल टेवाटियाले एक/एक विकेट लिए। जितसँगै कोलकाता लिगको दोस्रो स्थानमा उक्लिएको छ। कोलकाताले चौथो खेल शनिबारनै दिल्ली क्यापिटल्ससँग खेल्ने छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु