adv

झापाको मेचीनगरमा प्रदेश नम्बर १ कै पहिलो पाँचतारे होटल “मेची क्राउन” सञ्चालनमा

काकरभिट्टा,१५ असोज  । झापाको मेचीनगरमा प्रदेश नम्बर १ कै पहिलो पाँचतारे होटलका रुपमा पाँचतारे होटल संचालनमा आएको छ ।

बुधबार सांझ आयोजित पत्रकार सम्मेलन मार्फत मेचीनगर ८ धुलाबारीमा मा पाँचतारे ‘होटल मेची क्राउन बाई द पीक’ संचालनमा आएको  जानकारी दिईएको हो ।

नेपालको पूर्वको प्रवेशद्वार र एउटा द्रुत विकासशील व्यापारीक केन्द्रको रूपमा रहेको झापास्थित धुलाबारीको यस होटल भद्रपुर बिमानस्थलबाट १७ किलोमिटरमा पर्दछ  । भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दुरीमा रहेको होटल नेपालकामात्रै हैन भारतीय पर्यटकहरुको रोजाइमा पर्ने लक्ष्य सञ्चालकको छ ।आठ बिघा क्षेत्रफलमा फैलिएको होटल मेची क्राउन कुल डेढ अर्व लागतमा निर्माण गरिएको  छ । जहाँ फराकिलो बगैंचा  (पार्क) विशाल पानी फोहोरा, हावा घर, हेलीपेड, ५ सय भन्दा धेरै सवारी आट्ने पार्किङ क्षेत्र त्यहाँका बाहिरी आर्कषणहरु हुन् ।

होटलका १०५ कोठा मध्ये ५ मेची  सुइट्स रुम, १० वटा एक्जुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम उपलब्ध छन् । विवाह, बैठक, सम्मेलन, सेमिनार आदिका लागि सुबिधा सम्पन्न हलहरु रहेका छन् भने दुईवटा रेष्टुरेन्ट छन् । साथै होटलको विभिन्न अन्य सेवाहरुमा बेसक्याम्प, द मेचे बार, सगरमाथा बलरुम, कञ्चनजंगा हल, हाम्रो इस्थिइभा स्पा ९ मुख्य रहेका छन् ।

भेगास सिटी इन्टरटेण्मेन्ट प्रालिका अध्यक्ष पवित्र कुमार कार्कीका अनुसार नेपालको सबैभन्दा ठुलो क्यासिनोको रुपमा भेगास क्यासिनो चाडै सुरु गर्ने योजना रहेको छ । क्यासिनो संचालनमा आएपछी करिव ९ सय नेपालीहरुले रोजगार पाउने उनको भनाई छ ।

पर्यटन क्षेत्रको प्रबद्र्धन र ब्रान्डीङको लागि सुन्दर गन्तव्यमात्रै भएर नपुग्ने सुन्दर र स्तरीय होटल तथा हस्पिटालिटिको सुविधा पनि हुनुपर्छ । प्रदेश १ मा तारे होटलको अभाव भएको समयमा यो होटल संचालन भएसँगै अब होटल मेची क्राउन तथा हस्पिटालिटि क्षेत्रमा एक कदम अग्रगामी कदम सुरु भएको ‘द पिक हस्पिटालिटी’ का अध्यक्ष दीपक लेखकले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु