adv

आफ्नो सल्लाहकारलाई कोरोना पुष्टिपछि ट्रम्पको कोरोना परिक्षण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस संक्रमण भएको छ। राष्ट्रपति ट्रम्पले बिहीबार राति सल्लाहकारको रिपोर्ट पोजेटिभ आएपछि आफ्नो समेत कोरोना परीक्षण गराएको जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले श्रीमती मेलानियाको समेत बिहीबार बेलुकी कोरोना परीक्षण गराएको बताएका हुन्। ‘उनी मास्क प्रयोग गरिरहेकै हुन्थिन् तैपनि कोरोना पोजेटिभ आएको छ’, ट्रम्पले फक्स न्यूजसँग भनेका छन्, ‘त्यसपछि मेरो परीक्षण गराएँ। किनकी हामीले थुप्रै समय सँगै काम गरेका छौँ।’

राष्ट्रपति ट्रम्पले आफूहरू क्वारेन्टिनमा बस्ने नबस्नेबारे आफूलाई थाहा नभएको बताए। ‘परीक्षण गराएको छु, रिपोर्ट कस्तो आउँछ हेरौँला’ उनले भनेका छन्।

सीएनएनका अनुसार पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै स्थानमा राष्ट्रपतीय चुनावी बहसका कार्यक्रममा हिँडेकी छिन्। अन्नपुर्ण पोष्टमा समाचार छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु