adv

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीमा कोरोना पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु