adv

झापाको मेचीनगरमा एकै परिवारका १३ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर ,१६ झापा। झापाको मेचीनगरमा एकै परिवारका  १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालका अनुसार कोरोना संक्रमणबाट आमाको मृत्यु भए पछि काजकिरीया गर्न बसेका परिवारका १३ जनामा कोरोना संक्रमण देखिएको हो  ।

झापा मेचीनगर ८ की ७२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भए पछि १३ दिने काजकिरिया गर्न बसेका छोरा, बुहारी, छोरी, ज्वाई गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  ।

आजको संक्रमित संख्यासंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । भने झापामा ८९३ जना पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु