झापा,१६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका १, झापाका २३, ताप्लेजुङका १, तेह्रथुमका २, मोरङका १५०, संखुवासभाका १, सुनसरीका २३, धनुषाका ५, पर्साका २४, बाराका १४, महोत्तरीका ६, रौतहटका ४, सप्तरीका १५, सर्लाहीका ६, सिरहाका २२, काठमाडौँका १२८०, काभ्रेका २३, चितवनका ८३, दोलखाका २, धादिङका २३, नुवाकोटका ११, भक्तपुरका १९६, मकवानपुरका ५५, रामेछापका ३, ललितपुरका १६२, सिन्धुपाल्चोकका १०, सिन्धुलीका १३, कास्कीका १३, गोरखाका ४ र तनहुँका ७ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै नवलपरासीपूर्वका १६, पर्वतका १, म्याग्दीका ३, लमजुङका १४, बागलुङका १२, स्याङ्जाका २, अर्घाखाँचीका १०, कपिलवस्तुका ७, गुल्मीका २६, दाङका २८, नवलपरासीका २३, पाल्पाका ११, प्यूठानका ११, बर्दियाका ९, बाँकेका ७०, रुपन्देहीका ९२, रोल्पाका २, कालिकोटका ३, जुम्लाका ६, दैलेखका १०, सुर्खेतका १२२, अछामका ८, कञ्चनपुरका ७, कैलालीका १३, डोटीका ८, दार्चुलाका १५, बझाङका ५, बाजुराका १ तथा बैतडीका ३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन्।

