adv

झापामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि

झापा,१६ असोज । झापामा आज  एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ९ जना महिला र १४ जना पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार संक्रमितहरु मेचीनगरका ५ महिला र ११ जना पुरुष ,भद्रपुर नगरपालिकाका २ जना महिला,२ जना पुरुष ,कन्काई नगरपालिकाका २ जना महिला र बिर्तामोडका १ जना पुरुष रहेका छन् ।

मेचीनगरका ३ जना भारतबाट आएका हुन् ,२ जना संक्रमितको ठेगाना काठमाण्डौ र १ जनाको सिन्धुपाल्चोक ठेगाना रहेको छ ।

बाँकी सबै जना स्थानीय बासिन्दा रहेका छन् ।

झापामा कुल संक्रमितको संख्या ९०३  पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ८०२ पुगेको छ। हाल झापामा सक्रिय संक्रमितको संख्या ९३  छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु