दमक ,१७ असोज । कोरोना भाइरसको संक्रमणबाट दमक ७ की एक बृद्धाको मृत्यु भएको छ ।
विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया ती महिलाको आज विहान मृत्यु भएको हो । केहिदिन देखि ज्वरोसंगै श्वासप्रश्वासमा समस्या भएपछि उनी पाँचदिनदेखि कोभिड उपचार केन्द्रमा उपचारत थिइन् ।
यसअघि दमक १ का एक ५८ बर्षिय संक्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्युभएको थियो ।यससंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

