
दमक , १७ असोज । पत्रकार मञ्च दमकले स्थापना गरेको पत्रकार अक्षयकोषमा मञ्चकी कोषध्यक्ष कुसुम तामाङ्ग भटराईले विवाह वर्षगाँठको अवसरमा १० हजार ५५ रुपैयाँ सहयोग गरेकी छिन् ।
मञ्चको कोषध्यक्ष कुसुमले श्याम भटराईसंग प्रेम विवाह गरेको पहिलो वर्षगाँठको अवसरमा मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सो रकम प्रदान गरेकी हुन् । स्टार एफ.एम.दमकको कार्यकक्षमा पत्रकार मञ्च दमकका उपाध्यक्ष झगेन्द्र खड्काको उपस्थितिमा संस्थाकाअध्यक्ष तथा अक्षयकोषका संयोजक मनकुमार गदाललाई कुसुमले नगद रकम हस्तान्तरण गरेकी छिन् ।
मञ्चको कोषध्यक्ष तामाङ्ग भटराईले गत असोज १७ गते चलचित्र निर्देशक तथा अभिनेता श्याम भटराईसंग प्रेम विवाह गर्नु गरेकी हुन् ।
विवाह भएको पहिलो वर्षगाँठको अवसरमा फुजुल खर्च गरेर वर्षगाँठ मनाउनु भन्दा पत्रकारको हितको लागि आफुले रहेको अध्यक्षकोषमा रकम प्रदान गरेको पत्रकार मञ्च दमकको कोषध्यक्ष कुसुम तामाङ्ग भटराईले बताईन् ।
पत्रकार अक्षयकोष बृद्धिको शुभकामना ब्यक्त गर्दै पत्रकार ÷सञ्चारकर्मी साथै अन्य सहयोगी दाताहरुबाट जन्मदिन, विवाह वर्षगाँठ आदिको अवसरमा सबैले सहयोग गर्नुहुन कुसुमले आग्रह गरेकी छिन्।
अक्षयकोषको बिनियमावली तयारीको लागि एक तयारी समिति बनाएर प्रक्रियामा गई अक्षयकोष विनियामवली पारित गरिने मञ्चका उपाध्यक्ष खड्काले बताए ।

