adv

बस दुर्घटनामा परी पाँच जना घाइते

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेमा भएको यात्रुबहाक बस दुर्घटनामा परेर पाँच जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५०७९ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका–२ का २४ वर्षीय रमेश न्यौपाने, २२ वर्षीया सुमी न्यौपाने, झापा बिर्तामोड–४ का ३५ वर्षीय विनेश खड्का, सुनसरी कुसाहाकी ४२ वर्षीया ललिमाया खातुन र झापा दमककी ४५ वर्षीया आस्मामाया घाइते भएका छन्। घाइतेमध्ये रमेश, सुमी र विनेशको अवस्था गम्भीर रहेको छ।

उनीहरुको न्युरो अस्पताल विरानगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक झापा गौरीगञ्ज –६ का ४५ वर्षीय मनोजकुमार महतोलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान थालिएको जानकारी बेलबारी प्रहरीले दिएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु