adv

मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत सहायक निरीक्षकको मृत्यु

मोरङ ,१८ असोज । मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत सहायक निरीक्षक ४२ बर्षीय कमल प्रसाद तावाहाङको मृत्यु भएको छ ।

गएराती सवा ९ बजे तिर मोरङको बुढिगंगा १ स्थित राजमार्गमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोरङ बुढिगंगा १ का घर भएका उनको मृत्युभएको हो ।

ठक्करवाट सख्त घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेका उनी विदामा घर आएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु