adv

‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा अब दीपाश्रीको ठाउँमा करिश्मा

झापा,८ असोज । चर्चित कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरी संचालनमा आउने भएको छ । कोरोना कहरका कारण गत वैशाखबाट बन्द भएको शो दशैं अगाडी प्रसारणमा ल्याउने तयारी छ ।

यस शोको पहिलो सिजनमा निर्देशक तथा कलाकार दीपाश्री निरौला अध्यक्षको रुपमा रहेकी थिइन् । तर दोस्रो सिजनमा अध्यक्षको रुपमा नायिका करिश्मा मानन्धर रहेकी छन् । नायिका करिश्माले जीतुको अनुरोधलाई अस्विकार गर्ने नसकेको भन्दै शोमा अध्यक्षको रुपमा आएको बताइन् । ‘४ भागको छायांकन रमाइलो भयो । अझै राम्रो गर्दे अगडी बढ्ने छौं’, उनले भनिन् ।

दीपाले शोको सिजनमा नरहेको जानकारी दिर्दै फेसबुकमा लेखेकी छन्, ‘मुन्द्रेको कमेडी शो को पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हुँदैछ । यसको लागि कार्यक्रममा धेरै परिवर्तनहरू पनि गरिएको छ । फेरी त्यही माया र सद्भभाव कार्यक्रमलाई निरन्तर प्रदान गर्नुहुन्छ भन्ने आशा गरेकी छु । मलाई पहिलो सिजनका लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जीतू भाइलाई धन्यवाद , यस्तै गरेर मलाई हौसला दिने शशि सर, पुष्प सर निर्देशक रवीजी लगायत सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद, त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू, जसले हाम्रा कमि कमजोरीहरूलाई नजर अन्दाज गरेर कार्यक्रमलाई स्विकार गरिदिनु भो । निकट भबिष्यमा टेलिभिजनको पर्दामा केहि फरक कार्यक्रम सहित उपस्थित हुनेछु ।’
शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’, सन्ध्या बुढा ‘काउली बुडी’ लगायत कलाकारको प्रस्तुति रहने छ । स्वस्थ्य सुरक्षाको नियम पालना गर्दै शोको ४ एपिसोड छायांकन गरिसकेको छ । शोको दोस्रो सिजनको पहिलो एपिसोडमा पहिलो गेस्ट नायिका रेखा थापा र त्यसपछि चर्चित पत्रकार ऋषि धमलाको दम्पती देखिनेछन् ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु