adv

इलामको फाकफोकथुममा रुखले लागेर एक जनाको मृत्यु

इलाम ,१८ असोज  । इलामको  फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा रुखले लागेर एक जनाको ज्यान गएको छ । हिजो उत्तिसको रुखले लागेर स्थानीय २८ बर्षिय भानुभक्त दलार्मी मगरको ज्यान गएको हो ।

काट्दै गरेको रुखले अर्को रुख लडाउदा टाउकोमा लागेर मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुवेन्द्र कर्णले जानकारी दिए ।

घटनास्थल प्रहरी चौकी भन्दा करिब १५ किलोमिटरको दुरीमा रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु