adv
adv

ओली सरकारको बेथितिविरुद्ध जसपा युवासंघकाे खबरदारी माेटरसाइकल र्याली

दमक । झापामा जनता समाजबादी पार्टी निकट युवासंघकाे आयाेजनामा बृहत मोटरसाईकल र्यालीकाे निकालिने भएकाे छ । वर्तमान ओली सरकारको बेतिथि र चरम लापरवाही, माैलाउदाे भ्रष्टचारकाे विरुद्ध खबरदारी गदै यहि अशाेज २२ गते झापाकाे दमक देखि काकरभिट्टासम्म र्यालीकाे आयाेजना गरिएकाे हाे ।

जनता समाजबादी पार्टी सम्बद्ध युवा सङ्गठन झापाको आयोजनामा दुई तिहाई मत लिएर पनि जनताको अभिमतलाई वेवास्ता गर्दै भ्रष्टाचार ,कालोबजारी, अपहरण, हत्या हिंसा, करणी जस्ता जघन्य अपराध नियन्त्रण गर्न खबरदारी गर्दै र्यालीकाे आयोजना गरिएको पूर्व समाजबादी पार्टी नेपाल झापाका अध्यक्ष तथा बृहत र्यालीका संयोजक महेन्द्र कटुवालले बताए ।

शान्तिपूर्ण सो र्याली दमकमा कोणसभा गर्दै शुरु भई काँकड्भिट्टामा पुगेर कोणसभामा परिणत हुने कटुवालले जानकारी दिए । ओली सरकार राज्यका हरेक निकायहरुमा दलीयकरण र दलीय भागभण्डामा रमाईरहेको र कोरोना भाईरसको महामारीमा जनता मृत्यु र भोगसँग लडिरहेको अवस्थामा कुनै जनतामुखी कार्यक्रम ल्याउन असफल भएको युवाहरुको आरोप छ ।

र्यालीको बारेमा सोमबार दमकमा आयोजित पत्रकार सम्मेलनमा पूर्वसमाजबादी पार्टीका निकट युवा संघका महासचिव पवन बिष्टले ओली सरकार भ्रष्टाचार, कालोबजारी, अपहरण, हत्या हिंसा, करणी जस्ता अपराध अत्य गर्न असक्षम भएको आरोप लगाए ।

उनले रेशम चौधरीको रिहा ,डा. गोबिन्द केसीका जायज माग सम्बोधन गरी अनशन तोडाउन ,एमसिसि खारेज लगायतका माग राख्दै र्याली कार्यक्रमको आयोजना गरिएको बताए । पुर्व राजपाकानिकट युवा संगठन प्रदेश १ का संयोजक रोशन लिम्बुले जनताका आधारभुत आवश्यकता स्वास्थ्य ,शिक्षा र रोजगारीबारे केही ठोस योजना सरकारले ल्याउन नसकेको बताए ।

कोरोनाको महामारीमा त झन्् जनता भोकभोकै परेको र सरकार मोजमस्तीमा रमाईरहेको आरोप लगाए । उनले किसान ,मजदुर,साना ब्यवसायीहरुको आर्थीक ,सामाजिक सुरक्षा र युवाहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गरे । सो मोटरसाईकल र्यालीमा ३०० युवाहरुको सहभागिता रहने कार्यक्रम संयोजक कटुवालले बताए ।

जारी विज्ञप्ती जस्ताकाे तस्तै ः

आदरणीय पत्रकार मित्रहरू,

नेपाली जनताले देशमा राजनैतिक स्थिरता र सुसाशनको लागि नेकपालाई २ तिहाइ मत दिई सरकार संचालन गर्न पठाएको ३ बर्ष पुग्न लागि सक्यो तर अहिलेको सरकारले जनताको अभिमत लाइ बेवास्ता गर्दै भ्रष्टचार, कालो बजारी, अपहरण, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य गतिविधिहरु नियन्त्रण गर्न असक्षम रहेको सबैलाई सर्व विधितै छ,जनताको प्रत्यक्ष सरोकार को बिषयहरु स्वास्थ्य, शिक्षा, रोजगारी बारे आज सम्म यश सरकारले कुनै ठोस योजना ल्याउन सकेको छैन। राज्यमा हरेक दिन बेरोजगारी,।हत्या,हिंसा, बलात्कार,कालाबजारी,भ्रष्टाचार बढ्दै गइरहेको छ भने अर्को तिर सरकार राज्यका हरेक निकायहरुमा दलियकरण/दलिय भागबन्डा गर्न ब्यस्त छ।देशमा कोरोना संक्रमणका कारण  जनताले भोग्नु परिरहेको मानसिक, आर्थिक, क्षतिलाक न्यूनीकरण गर्न पुर्ण रूपमा असफल भैसकेको स्पष्ट छ।सरकारको चरम लापरबाहीको कारणले युवाहरु दिनानुदिन आफ्नो भविष्य र जीवन रक्षाको लागि सडकमा आउन्ज बाध्य परिरहेको सबैलाई सर्वविदितै छ।देशमा मलको हाहाकार छ,ज्याला मजदुरहरु खान नपाएर मृत्युवरण गरिरहेको खबर हरेक दिन समाचारको हेडलाईन बन्दै गइरहेको अवस्था छ।तसर्थ देशमा हत्या, हिंसा,बलात्का,कालोबजारी,भ्रष्टाचारको अन्त्य गर्न,रेशम चौधरीलाई रिहा गर्न, डा.गोविन्द केसिको जायज मागहरुलाइ तुरुन्त सम्बोधन गर्दै अनशन तोड्न लगाउन र किसान,मजदुर,साना व्यवसायीहरुको आर्थिक,सामाजिक सुरक्षा र युवाहरूको रोजगारीको सुनिस्चितता गर्न तुरुन्त विशेष कार्यक्रम तथा योजनाहरु ल्याउन माग सहित पार्टी एकताको सन्देश प्रबाह गर्न मिति २०७७ साल असोज २२ गते बिहिबारका दिन दमक देखि काकडभिट्टा सम्मको शान्तिपुर्ण वृहत मोटरसाइकल र्‍याली आयोजना गरिएको जानकारी गराउदछौ।

कार्यक्रम संयोजक 
महेन्द्र कटुवाल
हेमराज श्रेष्ठ

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु