adv

एकै दिन सुनको भाउ तोलामा ८ सय घट्यो

काठमाडौं । सुनचाँदीको भाउमा यो साता निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको भाउ तोलामा ८ सयले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घट्दै तोलामा ९३ हजार ६ सयमा आइपुगेको छ । हिजो तोलाको ९४ हजार ४ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ ओरालो लागेको छ । हिजो तोलाको १२ सय रुपैयाँ रहेको चाँदी आज ११ सय ७५ मा रुपैयाँमा आइपुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु