adv

नेपालमा एकैदिन हालसम्मकै उच्च संख्यामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २१ असोज ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमण हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  थप ३ हजार ४३९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १ हजार ६८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार २९६, भक्तपुरमा ९५ ललितपुरमा २९३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ रहेको छ । साथै आज मात्र १५ जनाको मृत्यु भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु