adv

मेचीनेत्रालय अनलाइन चित्रकला प्रतियोगिता सम्पन्न,अभिषेक प्रथम

 


   प्रथम पुरस्कार वितरण गर्दै रिडर्स झापाका अध्यक्ष प्रसाई

मेचीनगर, २२ असोज ।  विश्व दृष्टि दिवसका अवसरमा मेची नेत्रालयले आयोजना गरेको अनलाइन चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा धुलावारीस्थित इस्ट होराइजन अङ्ग्रेजी माध्यमिक विद्यालयका छात्र अभिषेक प्रधान प्रथम भएका छन् ।

दोश्रो पुरस्कार वितरण गर्दै मेची नेत्रालयका डाइरेक्टर डा.राई

यस्तै प्रतियोगितामा काँकरभिट्टाको नर्थ प्वाइन्ट अङ्ग्रेजी माविका बिरुना राईले दोस्रो र धुलावारी माध्यमिक विद्यालयका सहनाज अली तेस्रो भएका छन् ।

प्रथम विजेताले प्रमाणपत्रसँगै ५ हजार रुपैयाँ नगद ,दोश्रो र तेश्रोले ३ हजार र २ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

  दोश्रो पुरस्कार  प्रदान गर्दै देही आर्टका निर्देशक शेर्पा

प्रतियोगितामा मेचीनगरका २१ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । फेसबुकमार्फत गरिएको शेयर, लाइक र निर्णायकको निर्णयको आधारमा मूल्याङ्कन गरिएको थियो ।

आज एक कार्यक्रमबीच विजेतालाई निर्णायक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईं, देही आर्टका निर्देशक छितेन शेर्पा र मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्र प्रकाश राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु