adv

माङसेबुङमा जसपा, कांग्रेस परित्याग गरि नेकपामा प्रवेश

माङसेबुङ । इलामकाे माङसेबुङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गरेकाे छ । विना सर्त स्वइच्छाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेकाे पार्टी स्राेतले जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटि अध्यक्ष हेमन्त राईका अनुसार पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरूमा माङसेबुङ ५ का जनता समाजवादी पार्टी इलाम जिल्ला सदस्य तथा पार्टी सम्बद्ध शिल्पि (दलित) संगठनका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश उपाध्यक्ष लक्ष्मी कार्की दर्जी, माङसेबुङ ६ साविक बाँझाे ६ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य कविचन्द्र राई, माङसेबुङ ६ साविक बाँझाे ३ का नेपाली कांग्रेसका अन्जु राई लगायतका व्यक्तिहरूले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेकाे हाे ।

नवप्रवेशीहरूलाई पार्टीकाे उचित जिम्मेवारि दिई पार्टी र समाजकाे लागि क्रियाशिल बनाउने नेकपा माङसेबुङ गाउँ कमिटिले जनाएकाे छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु