adv
adv

मेचीनगरमा वडा नं. ४ का वडा अध्यक्ष बरालसहित ७ जनामा कोरोना पुष्टि

झापा, २४ असोज । झापाको मेचीनगर नगरपालिकाका सामाजिक बिकास समिति संयोजक तथा मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष नविन बराललाई कोरोना संक्रमण पुष्टी भएको छ । उनीसहित  आज मेचीनगरमा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नगरपालिकाका तर्फबाट कोरोना संक्रमितको ब्यवस्थापन, आइशोलेशन तथा क्वारेन्टाईन ब्यवस्थापन लगायतका कामको नेतृत्व गरिरहेका  बराललाई कोरोना पुष्टी भएको हो ।


बिगत ६ महिना देखि कोरोना संक्रमितहरुको ब्यवस्थापनमा मुख्य भुमिका निर्वाह गर्दै आएका बरालले संक्रमितहरुकै ब्यवस्थापनका क्रममा आफुलाई कोरोनाको संक्रमण भएको हुन सक्ने बताए ।

बरालले बिगत एक हप्ता भित्र आफुसंग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरे ।

यस्तै अन्य संक्रमितहरू मेचीनगर ७ का ३ जना, मेचीनगर ४ का १ जना, वडा नंं २ को १ जना र वडा नं. १५ को एक जना रहेको मेचीनगर नगरपालिकाले जनाएको छ ।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १६७ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु