adv

झापामा शनिवार थप २३ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापामा पछिल्लो २४ घण्टामा  थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र १८ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र कनकाई नगरपालिकाका स्थानीय व्यक्तिमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी मेचीनगरमा ७ जना र बिर्तामोडमा ६ जना रहेका छन् ।

त्यस्तै, भद्रपुरमा २ महिलासहित ३ जना, दमकमा एक महिलासहित ४ जना, कनकाई र अर्जुनधारामा १-१ जना महिला र गौरादहमा एक जना पुरुषमा संक्रमण भएको हो ।

संक्रमित सबै व्यक्ति स्थानीय बासिन्दा हुन् । भद्रपुरका संक्रमित २ जना अस्पतालका कर्मचारी हुन् भने अर्जुनधारा, कनकाई र दमकका संक्रमित व्यक्तिले विराटनगरस्थित विराट मेडिकल कलेजबाट स्वाब संकलन गराएका थिए । गौरादहका व्यक्तिले भने धरानबाट स्वाब संकलन गराएका थिए ।

मेचीनगरका एक व्यक्तिको ठेगाना ताप्लेजुङ बताइएको छ । शनिबार संक्रमित संख्यासँगै झापामा एक हजार ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

८८९ जना निको भइ घर फर्किसकेका छन् भने सक्रिय संक्रमित संख्या १५४ जना रहेको छ । उनीहरुको आइशोलेसनमा उपचार भइरहेको छ । त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

हालसम्म २७ हजार ९०२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु