adv

पापोहाङ लाओती लिम्बु जातीको बंशावली पुस्तक सार्वजनिक

झापाको दमकमा पापोहाङ लाओती सयङ केन्द्रीय कार्य समितिद्वारा प्रकाशित वंशावली विमोचन भएको छ । सयङले शनिबार वंशावली विमोचन कार्यक्रमको आयोजना गरि वंशावली विमोचन गरेको हो ।

किराती समुदायका लिम्बु जाती मध्येका लावती थरका जातीले ५४ पुस्तालाई समेटेर २८४ पृष्ठको वंशावली पुस्तक सार्वजनिक गरेका हुन् ।  पुस्तक लाओती सयङका अगुवा खड्ग बहादुर लावती, ज्ञानुदय लावती र जितबहादुर लावतीले संयुक्त रुपमा लोकार्पण गरे ।

छैटौ सताव्दीदेखि लिम्बु जातीले गरे भोगेका र बसोवासको थातथलोलाई समेटेर पछिल्लो पुस्ताले बीस बर्ष लगाएर पुस्तक तयार गरिएको सयङले जनाएकाे छ ।

देशभर छरिएर रहेका २५ सय बढी घर धुरीलाई समेटेर भव्य कार्यक्रमकाबीच गर्ने भनिएको कार्यक्रम कोराना भाइरस संक्रमणका कारण निश्चित पदाधिकारी र अगुवाहरुबीच सार्वजनिक गरिएको आयोजक पापोहाङ्ग लावती सयङले जनाएको छ ।

कार्यक्रममा यसअघि विक्रम सम्बत् १९८९ देखि हस्त लिखितबाट बंश संकलन नामो रायहुँदै नवापसिंह, शेरबहादुर, कृष्ण बहादुर लावतीको तस्वीरमा माल्यार्पण समेत गरिएको छ । यी चार जनाले विभिन्न कालखण्डमा संकलन गर्दै आएको हस्तलिखित बंशावलीलाई पाँचौ चरणमा प्रकाशन गरिएको पापोहाङ लाओती सयङ केन्द्रीय समितिका महासचिव कान्छा लावतीले बताए ।

सयङको अध्यक्ष जगतजंग लावतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समितिका प्रमुख सल्लाहकार खड्कसुन्दर लावती, सल्लाहकारद्वय ज्ञानुद्वय लावती, जीत बहादुर लावतीले लगायतकाे उपस्थिति रहेकाे थियाे । कोरोनाका कारण सिमित व्यक्तिहरुको मात्र उपस्थितिमा कार्यक्रम गरिएको जनाएको छ ।

कार्यक्रम सयङका महासचिव कान्छा लावतीले सञ्चालन गरेका थिए भने सह(अध्यक्ष प्रेम पुत्र लावतीको स्वागत मनतव्य रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु