झापा,२८ असोज । विर्तामोड नगरपालिका वडा नम्वर १ को कालिका नगर टोलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
‘वडा नम्वर १ को कालिका नगरका ६५ वर्षीय एक जना पुरुषको निधन भएको छ’, विर्तामोड १ का वडाध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डेले भने, ‘मृत्यु हुने स्थानीयबासी काठमाडौंमा उपचार गराउन जानु भएको थियो । उपचार गराएर भर्खर आउनुभएको हो । उहाँलाई पुनः उपचारका लागि विर्तामोडको विएण्डसी अस्पतालमा लगेको समयमा कोरोनाको पोजेटिभ भएको रिपोर्ट आयो र मृत्यु पनि भयो ।’
मृतकको शव नेपाली सेनाले व्यवस्थापनको तयारी गरिरहेको छ । परिवारका सदस्यलाई होम आइसोलेसनमा बस्न भनिएको र सरकारको नीतिअनुसार परिवारका सदस्यको पिसिआर परीक्षण गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।
योसहित झापाको विर्तामोडमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

