adv
adv

झापामा थप ७९ जनामा कोरोना पुष्टि

झापा । झापामा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३१ महिला र ४८ जना पुरुष संक्रमित भएका छन् ।

झापामा संक्रमित भएकामध्ये एकैदिन सबैभन्दा बढी आज भएको हो । आजका संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका २२ जना रहेका छन् । १६ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु बिर्तामोड १, २, ३, ५, ६, ७ र ९ नम्बर वडाका छन् । उनीहरुको उमेर समूह १९ देखि ४० वर्षका छन् । उनीहरु सबै स्थानीय बासिन्दा हुन् ।

बिर्तामोडपछि दमकमा १४ जनामा संक्रमण पुष्टि भएको छ । दमकका ३ महिला र ११ पुरुषमा संक्रमण भएको हो । उनीहरु सबै स्थानीय हुन् भने एक जनाको निधन भइसकेको छ । संक्रमित हुनेमा २, ५, ६, ८ र ९ नम्बर वडाका बासिन्दा छन् । उनीहरुको उमेर समूह १८ वर्षीयदेखि ९४ वर्षका छन् ।

यस्तै, भद्रपुरमा पनि ८ जना सुरक्षाकर्मीसहित १४ जनामा आज संक्रमण पुष्टि भएको छ । ३ महिला र ११ पुरुषमा संक्रमण भएको हो । उनीहरु भद्रपुर ६, ८ र १० नम्बर वडा निवासी हुन् । यस्तै, मेचीनगरमा २ महिलासहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।

मेचीनगर ६ र १० नम्बर वडाका उनीहरुमध्ये ६ जनाको ठेगाना काठमाडौँ उल्लेख छ । उनीहरुको उमेर समूह २२ देखि ६४ वर्ष रहेको छ ।

यस्तै, कनकाई नगरपालिकामा ४ महिलासहित ९ जना, कमल गाउँपालिकामा २ महिलासहित ३ जना, शिवसताक्षीमा १ महिला र १ पुरुष, गौरादहमा २ पुरुष र हल्दिबारी गाउँपालिकामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु