adv

नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुग्यो

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ३३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु