adv

मेचीनगरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर । झापाको मेचीनगरमा थप ४ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालका अनुसार  मेचीनगर वडा नं ७ का १ जना पुरुष, वडा नं १ का २ जना स्थानीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कन्काई कोटिहोम पीसीआर प्रयोगशालाबाट आज प्राप्त भएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको बरालले जानकारी दिए ।

उनका अनुसार इटहरीबाट स्वाब संकलन भएका मेचीनगर ८ का थप एक जनामा समेत कोरोना पुष्टि भएको छ ।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको कुल संख्या २०७ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु