काठमाडौँ । सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको मूल्य तोलाको ९५ हजार पाँच सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोला दुई सय रुपैयाँले बढेर ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

