adv

मेचीनगरका १४ सहित झापामा ६८ जना स्थानीयमा कोरोना पुष्टि

झापा,५ कार्तिक । झापामा आज बुधवार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय झापाका अनुसार २० जना महिला र ४८ दना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा भद्रपुरका १२ जना,विर्तामोडका १३ जना,कचनकवलका ४,बुद्दशान्तिका २,बाह्रदशीका ७ ,कमल गाऊपालिकाका २,मेचीनगरका १४ ,हल्दिवारीका १ ,दमकका ५,कन्काईका २,झापा गांऊपालिकाका १,शिवसताक्षीका १ र गौरादहका ४ जना रहेका छन् ।

योसंगै झापामा कुल कोरोना संक्रमितको संख्या १ हजार ५१४ पुगेको छ ।डिस्चार्ज हुनेको संख्या १ हजार २० पुगेको छ भने सक्रिय संख्या ४७१ जना रहेको छ ।

यस्तै आज नै भद्रपुर ५ का १ जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । योसंगै झापामा कुल मृतक संख्या १८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु