झापा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ ।

