adv

झापामा एकैदिन ६० जनामा कोरोना पुष्टि ,बिर्तामोडका मात्र २२ जना

झापा । झापामा एकैपटक आज ६० जना कोरोना संक्रमित थपिएका छन् । जसमा बिर्तामोडका मात्र २२ जना रहेका छन् । संक्रमितमध्ये ८ महिला र ५२ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी ३ महिलासहित बिर्तामोडका २२ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै स्थानीय हुन् । बिर्तामोड २, ३, ५ र १० नम्बर वडाका बासिन्दा हुन् ।

त्यस्तै, अर्जुनधारा नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा २ जना स्वास्थ्यकर्मी छन् । उनीहरुको स्वाब मेची ल्यावबाट २ जना र प्रदेश ल्यावबाट ८ जनाको परीक्षण गरिएको थियो । उनीहरु ३, ५, ७, ९ र ११ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । २ महिला ८ पुरुष छन् ।

यसैगरी, दमक नगरपालिकाका ७ जना पुरुषमा पनि संक्रमण भएको छ । ३, ५ र ८ नम्बर वडाका स्थानीय बासिन्दालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै, मेचीनगरमा एक महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

उनीहरु ४, ६ र १३ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । भद्रपुर नगरपालिकाका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु ५ र ७ नम्बर वडाका बासिन्दा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै, कनकाई र गौरादह नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई दुई जना, गौरीगञ्ज, कमल र बाह्रदशी गाउँपालिकाका एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु