adv

सामाजिक सञ्जालको सकारात्मक प्रयोगको उत्कृष्ट नमुना: बृद्ध आस्रमलाई राहत बितरण

धनकुटा । बढ्दो सामाजिक संजालको प्रयोगलाई सकारात्मक रूपमा सदुपयोग गर्दै “ऐतिहासिक सागुरिगढि” फेसबुक ग्रुपका युवाहरुले धनकुटा स्थित बिस्रान्ति बृद्ध आस्रममा विभिन्न राहत र दक्षिणा बितरण गर्दै वृद्धहरु संग सामुहिक दशै मनाएको छ ।
“हरियाली र सफा पाँचथर” नामक ग्रुपले खेलाएको fake couple प्रतियोगितामा जितेको पुरस्कार रासि र अन्य बिभिन्न दाताहरुको सहयोग संकलन गरेर एकमुष्ट रूपमा करिब ७५ हजाार बराबरको लत्ताकपडा, खाद्यान्न साथै ४० जना बृद्धहरुलाई प्रतिब्यत्ति रु.५०५ का दरले दशै दक्षिणाको रूपमा बितरण गरिएको थियो ।
साे ऐतिहासिक सागुरिगढि का admin परिवारका सदस्यहरु मध्ये मेनुका याम्फु र अनुकला राइले अभियानको नेतृत्व गरेका थिए भने अन्य सदस्यहरु प्रबासमा रहेका प्रितम राई, सुक्पाल पात्लुहाङ देवान र स्वबियु सभापति सागर सरगम चेम्जोङले समन्वय तथा सहजीकरण गरेका थिए ।
आजका युवाहरु कुलतमा फसिरहेको अवस्थामा समाजमा सकारात्मक काम गरेर अन्य युवाहरूलाइ प्रेरित गर्न यस्ता खालका अभियानहरु सुरु गरेको मुख्य अभियानताहरु मेनुका याम्फु र अनुकला राईको समान भनाई थियो भने प्रबासमा रहेर पनि आफ्नो नेपाल प्रति माया र दायित्व पुरा गर्दै सामाजिक संजालको दुरुपयोगलाई कम गर्न यस्ता सामाजिक कामहरु गर्दै आएको प्रबासि प्रितम राई र सुक्पाल देवानको भनाई थियो ।
यो समूहले केही ममय अघि मात्रै नन्द चेम्जोङ वचाउ अभियान अन्तर्गत १ लाख ३४ हजार सहयोग संकलन गरेर हस्तान्तरण गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु