adv

नेपालमा शनिवार २ हजार २२५ जनामा कोरोना पुष्टि,२ हजार ८४६ डिस्चार्ज,१३ को मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ८ सय ४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु