झापा । झापामा आज आइतवार थप १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय झापाका अनुसार ५५ महिला र ८६ दना पुरूषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरूमा भद्रपुरका २ जना,विर्तामोडका ४२ जना,कन्काई नगरपालिकाका ४ जना,शिवसताक्षिका २ जना,हल्दिबारीका ३ जना,मेचीनगरका ७ जना,कमल गाउपालिकाका ५ जना,गौरीगन्जका ९ जना,गौरादहका ११ जना र दमकका ६६ जना रहेका छन् ।
आज संक्रमित हुने भद्रपुरका १ जना एपीएफका रहेका छन् भने सबै स्थानीयहरू रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले वताए ।
आज संक्रमितसंगै झापामा कुल संक्रमित संख्या १७४५ पुगेको छ । जसमा १०९० जना डिस्चार्ज भएका छन् ।
त्यस्तै आज दमककी १ जना ५६ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । योसंगै झापामा मृतक संख्या २४ पुगेको छ ।

