झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ३ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ रहेको छ भने ३ हजार ६४ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको छ।

