इलाम।कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वृद्धको (सोमबार) गए राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादा उनमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे हाे । काेराेना संक्रमण देखिएपछि हाेम आइसाेलेसनमा उपचार गराइरहेका उनकाे गएराति मृत्यु भएकाे हाे । उनकाे शव एकान्तमा राखिएको र जिल्लाबाट नेपाली सेनाको टोली गएर उनको अन्त्यष्टि गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको जिल्लाको यो दोस्रो घटना हो । यसअघि मृगौला रोगबाट पीडित सुर्योदय नगरपालिकाका ८ वर्षीय बालकको मृत्यू भएको थियो ।

