adv

कोरोनाबाट झापामा आज एकैदिन ३ जनाको मृत्यु

झापा । कोरोना भाइरसको संक्रमणबाट झापामा आज एकैदिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादह, शिवसताक्षी र दमकका व्यक्तिको मृत्यु भएको हो । कार्यालयका अनुसार दमक ४ निवासी ४३ वर्षीय व्यक्तिको कारोनाबाट मृत्यु भएको छ ।

त्यस्तै, शिवसताक्षी नगरपालिका २ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी गौरादह नगरपालिका १ का ८६ वर्षीय बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु