adv

झापामा शुक्रवार थप ३४ जना स्थानीयलाई कोरोन संक्रमण पुष्टि

झापा, १४ कात्तिक । झापामा थप ३४ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा १३ महिला र २१ पुरुष रहेका छन ।

आज थपिएका संक्रमितहरु भद्रपुरका २ महिला ३ पुरुष गरि ५ जना, कन्काइका २ महिला ५ पुरुष ७ जना, बिर्तामोडका २ महिला ६ पुरुष गरि ९ जना, गौरादहका १ महिला २ पुरुष गरि ३ जना, अर्जुनधाराका १ महिला, हल्दिबारीका १ महिला १ पुरुष गरि २ जना, दमक र मेचीनगरका १/ १ पुरुष गरि २ जना साथै अन्य जिल्लाका २ महिला ३ पुरुष गरि ५ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसंगै हाल झापामा कुल संक्रमितको संख्या १९३९ पुगेको छ भने डिस्चार्जहुनेको संख्या १२७४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ६३४ पुगेको छ भने हालसम्म कोरोनाबाट झापाका ३४ जनाले ज्यान गुमाइसकेका छन ।

आज संक्रमण पुष्टि भएका मध्ये दमकका ४३ वर्षीय पुरुष, गौरादहका ८६ वर्षीय पुरुष र शिवसताक्षीका ४८ वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु