adv
adv

याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरू पुरस्कृत

काठमाडौं । नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूकेव्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो ।

आदिवासी याक्थुङ(लिम्बू) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर्वको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा समिति यूके र ओरिगेमी रेडियोले संयुक्त रूपमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतिस्पर्धामा यूकेका विभिन्न क्षेत्रहरूबाट दुई दर्जन बढी सहभागी थिए ।

प्रतियोगिताको अन्तिम नतिजा गएको विश्व आदिवासी दिवसका दिन घोषणा गरिएको चुम्लुङ आसफोर्डका साँस्कृतिक विभाग प्रमुख शिशिर सम्बाहाङ्फेले जानकारी दिए ।

प्रतियोगिताका विजयीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत १० वर्षमुनिको समूहमा सेल्सबरीकी अप्रिसा लिम्बू प्रथम, आसफोर्डकी चेसुङ लिम्बू दोस्रो र आसफोर्डकै आरोन लिम्बू तेस्रो भएका थिए । त्यस्तै १८ वर्षमुनिको समूहबाट मेडस्टोनकी पुनम तुम्बाहाङ्फे प्रथम, वेल्सकी स्नेहा येङ्देन दोस्रो, आसफोर्डकी इक्सा लिम्बू तेस्रो भएकी थिइन् । त्यस्तै, आसफोर्डका मिक्सा लिम्बू र ओजस्वी लिम्बू सान्तवना भएका थिए ।

यसैगरी, योर्कसायरका नाम्यो लिम्बूले क्रिएटिभ अवार्ड हात पारेको सम्बाहाङ्फेले बताए । नतिजा अगष्टमै घोषणा भए पनि कोभिड महामारीका कारण उपयुक्त समयको अभावमा पुरस्कार वितरण गर्न नसकिएको चुम्लुङ आसफोर्ड अध्यक्ष टङ्क येङ्देनको भनाई छ ।

याक्थुङ पहिचानको संरक्षण गर्दै प्रवासमा हुर्किरहेका नयाँ पुस्तामा संस्कृतिप्रति अपनत्व बढाउन याक्थुङ चित्रकला प्रतियोगिता आयोजना गरिएको परिकल्पनाकार एवम् आसफोर्ड शाखा सहसचिव अमित थेवेले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु