बिर्तामोड । झापामा आज एकैदिन ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये कमल गाउँपालिका र गौरादह नगरपालिकामा समान १५-१५ जना छन् भने पालिका नखुलिएका १६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु २८ महिला र ४८ जना पुरुष छन् । संक्रमितहरु सबै स्थानीय बासिन्दा हुन् ।
गौरादह नगरपालिकामा ७ महिला र ८ पुरुष, बिर्तामोडमा २ महिला र ७ पुरुष, मेचीनगरमा ३ पुरुष, अर्जुनधारामा एक पुरुष, दमकमा ६ महिला र ७ पुरुष, कचनकवलमा १ महिला र कमल गाउँपालिकामा ७ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, शिवसताक्षीमा ३ जना पुरुष, गौरीगञ्जमा २ जना पुरुष तथा ७ महिलासहित ९ जना संक्रमितहरुको पालिका खुल्न सकेको छैन । आज १० वटा पालिकाका ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज अर्जुनधारा, भद्रपुर र दमकका तीन जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
हालसम्म जिल्लामा २ हजार ५८९ जनामा कोरोना संक्रमण भएको छ भने १ हजार ५८८ जना निको भएर घर फर्किसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या ९३७ रहेको छ ।

