adv

कोरोना संक्रमणबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु

विराटनगर । मोरङमा एकैदिन ९ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।

विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो।

विराटनगरमा मृत्यु भएका आठजना अस्पतालमा थिए भने सुन्दरहरैंचाका संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको हो।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु