काठमाण्डाै । सुनको भाउ आज एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो ।
यसैबीच, आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

