झापा,२५ कार्तिक । पछिल्लो २४ घण्टाभित्र झापामा ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका मध्ये ५२ जना महिला र २३ जना पुरुष रहेका छन् ।
सबैभन्दा बढी दमकमा २२ जना थपिएका छन् । जसमा १५ महिला र ७ पुरुष छन् । यस्तै, बिर्तामोडमा ८ महिला र ६ पुरुष गरी १४ जना संक्रमित थपिएका छन् । यस्तै, गौरीगञ्ज गाउँपालिकामा ३ महिला र २ पुरुष संक्रमित थपिए ।
यसैगरी, कमल गाउँपालिकामा ३ महिला र ४ पुरुष, अर्जुनधारा र कनकाईमा २-२ महिला, गौरादहमा ३ पुरुष, बुद्धशान्तिमा १ पुरुष, बाह्रदशीमा १ महिला र भद्रपुर नगरपालिकामा ९ महिला र १ पुरुष गरी १० जना संक्रमित थपिएका छन् ।
यस्तै, मेचीनगरमा २ महिला, शिवसताक्षीमा २ महिला र २ पुरुष र हल्दिबारीमा २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसैगरी कोरोना भाइरस संक्रमणबाट झापा जिल्लामा आज ४ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार कोरोना संक्रमणका कारण निधन हुनेमा ३ जना पुरुष र एक जना महिला रहेका छन् ।
कचनकवल गाउँपालिका ६ मा होम आइशोलेसनमा बसेकी एक महिलाको आज निधन भएको छ । कचनकवलमा पहिलोपल्ट ६८ वर्षीय महिलाको निधन भएको हो ।
यसैगरी, हल्दिबारी ४ का ७० वर्षीय पुरुषको नोवेल हस्पिटल विराटनगरमा आज मृत्यु भएको छ । यस्तै, गौरादह ५ का २६ वर्षीय पुरुषको पनि नोवेल हस्पिटलमै निधन भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

