adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख नजिक

झापा । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ९३, ताप्लेजुङमा १, तेह्रथुममा २, सुनसरीमा ७८, धनुषामा १६, पर्सामा ५, बारामा १९, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ११, सिरहामा १४, काठमाडौँमा ११ सय ४१, काभ्रेमा १०१, चितवनमा १६८, दोलखामा २४, धादिङमा ६, नुवाकोटमा २२ र भक्तपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १९३, सिन्धुपाल्चोकमा २०, सिन्धुलीमा ९, कास्कीमा ९४, गोरखामा २१, तनहुँमा ७, नवलपरासीपूर्वमा ४१, पर्वतमा ६, म्याग्दीमा ४, लमजुङमा ८, बागलुङमा ८, स्याङ्जामा २०, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा २७, दाङमा ४५, नवलपरासीमा १५, पाल्पामा २२, प्यूठानमा ४, बर्दियामा ३१, बाँकेमा २२, रुपन्देहीमा ८८, रोल्पामा १०, दैलेखमा ५, रुकुमपश्चिममा १, सल्यानमा २, सुर्खेतमा ४, हुम्लामा १, अछाममा ३, कञ्चनपुरमा १८, कैलालीमा ५४, डडेल्धुरामा ४, डोटीमा १, दार्चुलामा ३, बझाङमा १० तथा बैतडीमा ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु