adv

कोरोनाबाट झापा मेचीनगरकी १ महिलाको मृत्यु

झापा । कोरोना संक्रमणबाट झापा मेचीनगरकी एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ७ की ३४ वर्षिया बिना सेन्चुरीको गएराति १२ बजेर २० मिनेटमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

उनलाई कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई नेपाली सेनाद्वारा अन्त्येष्टि गर्ने तयारी गरिएको मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखाका नवीन बरालले बताए ।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ७९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु