adv

कोरोनाबाट झापा गाउँपालिकाकी एक २४ वर्षीय युवतीको मृत्यु

झापा, ३० कार्तिक । कोरोना संक्रमणबाट झापा गाउँपालिकाकी एक युवतीको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षिया गिता राजवंशीको आज विहान ७ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

उनलाई कात्तिक २८ गते संक्रमण पुष्टि भएको थियो । उनीे प्रतिष्ठानमा उपचारका लागि २६ गते नै भर्ना भएकी थिइन् ।

योसहित आजै जिल्लाका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यसअघि मेचीनगर ७ बस्ने ३४ वर्षिया एक महिलाको गएराति मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८० पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु