adv

भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौँ । तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका लगाइँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो ।

यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसपछि आज दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ ।

यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने तथा सकेसम्म उपहार दिने प्रचलन रहेको छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाइदिने र दक्षिणा तथा उपहार दिने प्रचलन रहेको छ।

दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु