adv

झापामा मंगलवार थप १४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

झापा । झापामा मंगलवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ९ पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दममका ८, गौरादहका ५ र मेचीनगरका १ जना गरि १४ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार ६४ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ८५१ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार १३० जना रहेको छ ।

झापामा कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधाराका ७० वर्षीय पुरुष रहेका छन् । योसँगै झापामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु