adv

महामारी अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैन : विश्व स्वास्थ्य संगठन प्रमुख

काठमाडौं । कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानम गेब्रियससले बताएका छन् ।

सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने बताएका हुन् ।

‘खोप अन्य उपायका पूरक मात्र हो, तिनीहरूलाई प्रतिस्थापन गर्ने होइन’, प्रमुख डा. गेब्रियससले भने, ‘खोप आफैले मात्र महामारीको अन्त्य गर्दैन ।’

उनले सुरुवातमा पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, वृद्ध मानिस तथा बढी जोखिममा रहेका मानिसलाई खोप दिइने बताएका छन् । ‘त्यसले मृतक संख्या त घटाउला र स्वास्थ्य प्रणाली एकत्रित गर्न सकिएला’, डा. टेड्रोसले भने, ‘तैपनि भाइरस जहाँ पनि हुन सक्छ । त्यसैले निगरानी निरन्तर हुनुपर्छ, परीक्षण आवश्यक हुन्छ, अनि आइसोलेसनमा रहनैपर्छ ।’

गत वर्षको डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म करिब साढे ५ करोड मानिस संक्रमित भइसकेका छन् । जसमध्ये १३ लाख २३ हजार बढीले ज्यान गुमाइ सकेका छन् ।

त्यस्तै ३ करोड ५२ लाख निको भएका छन् । यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु