adv

कोरोनाबाट पाँचथरको रवि बजारमा एक व्यक्तिको मृत्यु

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ रवि बजारमा मंगलबार बेलुकी कोरोनाले एक व्यक्तिको मृत्यु भएको छ ।

४७ वर्षीय ती व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष उर्मिला राईले जानकारी दिइन् । राईका अनुसार ज्वरो आएका ती व्यक्ति उपचारका लागि विराटनगरको नोबेल अस्पताल गएकामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
कात्तिक २८ गते गएका उनी २९ गते फर्किएर घरमै बसेका थिए । २ गते बेलुकी उनको मृत्यु राईले बताइन् । उनका अनुसार परिवारका अरू सदस्यमा पनि संक्रमणको लक्षण देखिएको छ ।

पाँचथरमा पछिल्लो एक सातामा संक्रमणका कारण दुई जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितको संख्या बढेपछि फिदिम नगरपालिका ‘लकडाउन’ गरिएको छ । कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु