adv

भ्यूटावरमा होइन अनुसन्धान केन्द्रमा लगानि गरौ, २५ वर्षमा देश समृद्ध बन्छ–महावीर पुन

काठमाडौ । यतिबेला भ्युटावरहरूमा नभइ अनुसन्धान केन्द्रमा लगानि गरे २५ वर्ष भित्रमा नेपाल समृद्ध बन्ने महावीर पुनले बताएको छ । उनले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै सो कुरा बताएको हो ।

यतिबेला भ्युटावरहरूमा करोडौ लगानि गर्दु भन्दा विभिन्न ठाउँहरूमा अनुसन्धान केन्द्र स्थापना गरि त्यहि क्षेत्रका प्रतिभावान युवाहरूलाइ अवसरको बाटो बनाउनु पर्ने कुरा बताएका छन् । टेम्केमा १४ कराेडकाे लागतमा बन्न लागेकाे टेम्के डाँडाकाे टावरमा लगानि गर्नु भन्दा त्यहि अनुसन्धान केन्द्र खाेल्न सुझाव दिएका छन् ।

भर्खरै मात्र प्रदेश नं। १ का मुख्य मन्त्री शेरधन राईले शिल्यानाश गरेको टेम्के भ्युटावरलाई इङ्कित गर्दै उनले लेखेका छन्ः भ्युटावर बनाउने पैसाले त्यही डांडामा एउटा अनुसन्धान केन्द्र खोलेर त्यो भेकमा भएका प्रतिभाशाली र सृजनशील ब्याक्तिहरुलाई पालन पोषण गर्ने र उद्यमी बनाउने कामको सुरुवात गरेमा धेरै फाइदा होला ।

महावीर पुनले उहाँकाे फेसबुक पेजमा लेख्नुभएकाे स्टाटस जस्ताकाे तस्तैः

सुनेको कुरा सहि हो कि झुटो हो ?? पुर्ब तिरको टेम्के भन्ने डॉडामा प्रदेश सरकारको बजेटबाट तल फोटोमा देखाए जस्तै करिब रू १४ करोड लागतको भ्युटावर बन्ने भएको छ रे त । (समाचारको श्रोत: इन्टरनेट)
यो कुरा झुटो हो भने ठिकै छ र मलाई पनि माफ दिनु होला । तर यो समाचार सही हो भने त्यो भ्युटावर बनाउने पैसाले त्यही डांडामा एउटा अनुसन्धान केन्द्र खोलेर त्यो भेकमा भएका प्रतिभाशाली र सृजनशील ब्याक्तिहरुलाई पालन पोषण गर्ने र उद्यमी बनाउने कामको सुरुवात गरेमा धेरै फाइदा होला । त्यो टेम्के डाँडामा मात्रा होइन कि नेपालका अरु अरु ठाउँहरुमा पनि करोडौं रुपैंया खर्च गरेर भ्युटावर बनाउन तम्सिने नेताहरुले पनि यो मैले भनेको कुरा कान च्यातेर सुन्नु होला । किन भने यस्तो कुरा कुनै बकम्फुसे नेताको दिमागबाट निस्कने कुरा हो | मैले भनेको जस्तै काम गर्यो भने २५ बर्ष भित्रमा नेपाल समृद्ध देश बन्छ । मैले यसो भन्दा कसैलाई धेरै रीस उठ्छ भने त्यहि डांडामा गएर खोल्सा तिर हाम फाल्नु होला । कुरा सुन्दा ता हड्डी देखि नै झनक्क रिस उठेर पो आयो त होउ ???
मैले गल्ति बोलेको छैन । पहिला देशलाई समृद्ध बनाउँ अनि त्यस्ता भ्युटावरहरु भविष्यमा जति बनाए पनि बनाउनु होला । धन्यवाद –

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु