adv

दमकमा बिहिवार बिहानै थप एक जना कोरोना संक्रमितको मृत्यु

दमक । झापाको दमकमा आज बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ९ का ७० बर्षिय बल बहादुर धिमालको मृत्यु भएको हो ।

केही दिनदेखि स्वास्थ्य समस्याका कारण विएण्डसी अस्पताल विर्तामोडमा उपचाररत उनमा कोरोना संक्रमण देखिएको थियो ।

उनलाई स्वास्थ्यमा सुधार नआएपछि हिजो मात्रै घर ल्याइएको थियो । आज बिहान २ बजे घरमै उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु